२०८२ मंसिर १५ गते सोमवार
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ७७४ जना कोरोना संक्रमित थपिएका छन् ।
जसमा काठमाडौँमा सबैभन्दा बढी ४७५ जना, ललितुरमा १६७ जना र भक्तपुरमा १३२ जना संक्रमित थपिएका हुन् । यसैगरी काठमाडौँ उपत्यका बाहिर सबैभन्दा बढी कास्कीमा २७८ जना संक्रमित थपिएका छन् भने मोरङमा १४९ जना, चितवनमा थप १९३ जना र सुनसरीमा १८९ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार मंगलबार थप ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा थप २० जनाको संक्रमणको कारण ज्यान गएको छ भने १ हजार ७७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij