२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं उपत्यकामा थप ९ सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।
जसमध्ये काठमाडौंमा मात्रै ६ सय ७७, ललितपुरमा १ सय ९७ र भक्तपुरमा १२५ जना संक्रमित थपिएका हुन्। त्यस्तै मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ८ हजार ९ पुगेको छ।
त्यसमध्ये काठमाडौंमा ५ हजार ९१०, ललितपुरमा १ हजार १६३ र भक्तपुरमा ९ सय ३६ संक्रमित सक्रिय छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij