Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा साउन २० गतेसम्म थपियो, यी क्षेत्र अझै बन्द (आदेशसहित)

काठमाडौँ उपत्यकाको निषेधाज्ञा साउन २० गतेसम्म थपियो, यी क्षेत्र अझै बन्द (आदेशसहित)


  • 4.8K
    Shares

    काठमाडौँ उपत्यकाको निषेधाज्ञा साउन २० गतेसम्म थपियो, यी क्षेत्र अझै बन्द (आदेशसहित)
    images

    काठमाडौँ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा झनै खुकुलो गर्दै साउन २० गतेसम्म थप गरिएको छ ।

    जसअनुसार सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल। रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ । यस्तै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ । यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ । 

    शैक्षिक संस्था पनि बन्द नै रहनेछन् भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने पनि प्रशासनको सूचनामा उल्लेख छ ।

    यसबाहेक परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्ने, लामो दुरीका यातायात सञ्चालन हुन दिने, पसल व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न दिनेलगायतका निर्णय भएका छन् । 

    यस्तो छ आदेश

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १६:४७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij