Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा साउन २० गतेसम्म थपियो, यी क्षेत्र अझै बन्द (आदेशसहित)

काठमाडौँ उपत्यकाको निषेधाज्ञा साउन २० गतेसम्म थपियो, यी क्षेत्र अझै बन्द (आदेशसहित)


  • 5.0K
    Shares

    • images
    काठमाडौँ उपत्यकाको निषेधाज्ञा साउन २० गतेसम्म थपियो, यी क्षेत्र अझै बन्द (आदेशसहित)

    काठमाडौँ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा झनै खुकुलो गर्दै साउन २० गतेसम्म थप गरिएको छ ।

    जसअनुसार सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल। रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ । यस्तै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ । यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ । 

    शैक्षिक संस्था पनि बन्द नै रहनेछन् भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने पनि प्रशासनको सूचनामा उल्लेख छ ।

    यसबाहेक परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्ने, लामो दुरीका यातायात सञ्चालन हुन दिने, पसल व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न दिनेलगायतका निर्णय भएका छन् । 

    यस्तो छ आदेश

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १६:४७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij