Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

प्रधानमन्त्रीको नाममा फेसबुक र ट्वीटरमा नक्कली अकाउन्ट, छानबिन गर्दै प्रहरी

प्रधानमन्त्रीको नाममा फेसबुक र ट्वीटरमा नक्कली अकाउन्ट, छानबिन गर्दै प्रहरी


  • 4.0K
    Shares

    प्रधानमन्त्रीको नाममा फेसबुक र ट्वीटरमा नक्कली अकाउन्ट, छानबिन गर्दै प्रहरी
    images

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नाममा नक्कली फेसबुक र ट्विटरमार्फत सन्देश प्रवाह गरेको पाइएको छ ।

    प्रधानमन्त्रीमा नियुक्तभएपछि देउवाको नाममा नक्कली अकाउन्ट खोली भ्रम छर्ने खालका पोस्ट भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले अनुसन्धान थालेको छ ।

    मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका सचिव बद्री तिवारीले सीबीआईलाई पत्र लेखेर पठाइसकेको जानकारी दिँदै त्यस्ता व्यक्तिविरूद्द अनुसन्धान भइरहेको बताए ।

    पछिल्लो समय सार्वजनिक पद धारण गरेका व्यक्ति, कलाकार वा सामाजिक व्यक्तित्वहरूको नाममा नक्कली अकाउन्ट बनाएर भ्रम प्रवाह गर्ने प्रवृत्ति बढेको छ ।

    प्रहरी कार्यालयमा दिनहुँ सामाजिक सञ्जालसँग सम्बन्धित उजुरी पर्ने गरेका छन् । सही सूचनाका लागि सक्कली वा भेरिफाइड फेसबुक पेज र ट्वीटर अकाउन्ट पहिचान गर्न प्रहरीले अनुरोध गरेको छ ।

     

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १६:४१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij