Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी, निर्णय लिन आज बैठक बस्दै

काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी, निर्णय लिन आज बैठक बस्दै


  • 5.3K
    Shares

    काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी, निर्णय लिन आज बैठक बस्दै

    काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ ।

    केही क्षेत्रलाई फेरि कडाइ गर्दै निषेधाज्ञा थप्ने तयारी भएको बताइएको छ । यसबारे निर्णय लिन आज अपराह्न ४ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु बैठक बस्दै छन् । 

    संक्रमण फेरि बढेकाले होटल रेष्टुरेन्टसहितका केही निश्चित क्षेत्रमा केही कडाइ गर्दै कम्तीमा एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो । काठमाडौँ उपत्यकामा आर्थिक गतिविधि सुचारू गर्न व्यापार व्यवसायसहित सार्वजनिक यातायात खुला भएपछि फेरि संक्रमण बढ्दै गएको छ ।

    काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

     

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - ११:५५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij