Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी, निर्णय लिन आज बैठक बस्दै

काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी, निर्णय लिन आज बैठक बस्दै


  • 5.1K
    Shares

    काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी, निर्णय लिन आज बैठक बस्दै
    images

    काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ ।

    केही क्षेत्रलाई फेरि कडाइ गर्दै निषेधाज्ञा थप्ने तयारी भएको बताइएको छ । यसबारे निर्णय लिन आज अपराह्न ४ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु बैठक बस्दै छन् । 

    संक्रमण फेरि बढेकाले होटल रेष्टुरेन्टसहितका केही निश्चित क्षेत्रमा केही कडाइ गर्दै कम्तीमा एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो । काठमाडौँ उपत्यकामा आर्थिक गतिविधि सुचारू गर्न व्यापार व्यवसायसहित सार्वजनिक यातायात खुला भएपछि फेरि संक्रमण बढ्दै गएको छ ।

    काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

     

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - ११:५५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij