Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य

अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य


  • 5.5K
    Shares

    अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य
    images

    काठमाडौं । काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले खोपका लागि अनलाइन फारम अनिवार्य गरेको हो ।

    स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएका छन् ।

    साथै १८ वर्षदेखि ५० वर्ष उमेर समुहका नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरिएको छ । कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्ने नागरिकलाई अर्को सूचना गरेर खोप दिन सुरु गर्ने बताइएको छ । 

    खोपका लागि अनलाइन दर्ता भएको प्रमाण लिई आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउनसक्ने बताइएको छ ।

     

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - ११:२१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij