Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु


  • 5.0K
    Shares

    पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५पीसीआर परीक्षण गर्दा २ हजार ३०९ जना र ४ हजार २८५ एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भएको हो।

    यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६९५ पुगेको छ।

    गत २४ घण्टामा २ हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार ७५७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :श्रावण ९ २०७८ शनिवार - १९:१७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij