२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१४ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ८२९ वटा नमुनाको परीक्षण गर्दा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २८८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij