२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । मैलुङखोला जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपिओ) साउन १४ देखि बिक्री खुल्ला हुने भएको छ।
कम्पनीको आइपिओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ। अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्न लागेको हो।
यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछिको बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
सिडिएससीको मेरो सेयर अनलाइनबाट र आस्बा सदस्यप्राप्त आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवेदन दिन सकिनेछ।
केयर नेपालले कम्पनीलाई डी रेटिङ प्रदान गरेको छ। औसतमा यो कम्पनी कमजोर रहेको यसले जनाउँछ। बिक्री प्रवन्धकका रुपमा सिद्धार्थ क्यापिटल रहेको छ। रसुवा जिल्लामा बग्ने मैलुङखोलाबाट कम्पनीले ५ मेगावाट बिजुली उत्पादन गर्नेछ।
आयोजनाको कुल लागत ९० करोड २९ लाख अनुमान गरिएको छ। सो अनुमानमै सम्पन्न भएमा प्रतिमेगावाट लागत १८ करोड ५ लाख हुनेछ।
धितोपत्र बोर्डबाट ३ कम्पनीले पाए स्वीकृति
नेपाल धितोपत्र बोर्डबाट अरु ३ कम्पनीले आइपिओ निष्कासनको स्वीकृति पाएका छन्। स्वीकृति पाउने कम्पनीमा एक जीवन बीमा कम्पनी, एक लघुवित्त र एक जलविद्युत कम्पनी छन्।
सानिमा लाइफ इन्स्योरेन्स, मानुसी लघुवित्त र साम्लिङ पावर कम्पनीले स्वीकृति पाएका हुन्। यी कम्पनीले अबको २ महिनाभित्र आइपिओ निष्कासन गर्नेछन्।
सानिमा लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपिओ निष्कासनको स्वीकृति पाएको छ। मानुसी लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता तथा साम्लिङ पावर कम्पनीले १२ लाख ३० हजार कित्ता निष्कासनका लागि स्वीकृति पाएको हो।
सानिमा लाइफको बिक्री प्रवन्धकका रुपमा प्रभु क्यापिटल, साम्लिङ र मानुसीको एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij