२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । संस्थानले कम्पनीमा रहेको लगानी योग्य रकम वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो ।
संस्थानले लगानी गर्नको लागि साउन ७ गतेदेखि साउन ११ गतेभित्र संस्थानको प्रधान कार्यालयको वित्त व्यवस्थापन विभागमा प्राप्त हुने गरी गोप्य शिलबन्दी प्रस्ताव बुझाउन वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुले हालै प्रकाशित वित्तीय विवरण संलग्न राखी त्रैमासिक, अर्धवार्षिक र वार्षिक अवधिका लागि गोप्य शिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij