Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज पनि चम्कियो सेयर बजार, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

आज पनि चम्कियो सेयर बजार, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी


  • 7.9K
    Shares

    आज पनि चम्कियो सेयर बजार, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी
    images

    सेयर बजारको उकालो यात्रा आज पनि निरन्तर रहेको छ । आइतबार झन्डै १०० अंकले बढेको बजार आज पनि दोहोरो अंकले बढेको छ ।

     आज सूचकसँगै कारोबार रकममा पनि उत्साहजनक नै रहेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १७ करोडले बढेर पौने १२ अर्ब पुगेको छ ।

     आज सेयर बजार मापक सूचक नेप्से १३.८० अंकले बढेर २९९४.४२ विन्दुमा पुगेको छ । आज २१९ कम्पनीको ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रुपैयाँ बराबरको ३ करोड ७५ लाख १३ हजार ३५४ कित्ता सेयर किनबेच भएका छन् ।

     कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै ५.२२ प्रतिशतले बढेको छ भने फाइनान्स समूह १.१७ प्रतिशतले घटेको छ ।

     
    आज कारोबारमा आएका २१९ कम्पनीमध्ये ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

     आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३५ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंकको ३३ करोड र नेपाल बंगलादेश बैंक ३१ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

     दोहोरो अंकले बढेको बजारमा आज सिनर्जी पावर कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

     यस्तै, आज विशाल बजार कम्पनी ९.२०, नेपाल इन्स्योरेन्स ७.५७, नागरिक लगानी कोष ६.४०, हिमालयन ऊर्जा ५.९८, अरुण काबेली ५.७०, हिमालयन पावर ५.२८, एनआरएन इन्फ्रास्ट्रक्चर, साल्ट ट्रेडिङ र कालिका पावरको सेयर मूल्य ४ प्रतिशभन्दा धेरैले बढेको छ ।

     
    बढ्दो बजारमा आज नेपाल इन्भेष्टमेन्ट बैंकको डिबेन्चरधनीले सबैभन्दा धेरै ५.८७ प्रतिशत गुमाएका छन् ।

    प्रकाशित मिति :श्रावण ४ २०७८ सोमवार - १५:५६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij