Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

यसरी पाइन्छ १५ सयमै पोखरा जाने जहाजको टिकट, २५ सय तिरे नेपालगञ्ज

यसरी पाइन्छ १५ सयमै पोखरा जाने जहाजको टिकट, २५ सय तिरे नेपालगञ्ज


  • 6.8K
    Shares

    यसरी पाइन्छ १५  सयमै पोखरा जाने जहाजको टिकट, २५ सय तिरे नेपालगञ्ज

    आन्तरिक हवाई उडान संचालन भएसँगै यात्रुलाई आकर्षित गर्न एयरलाइन्स कम्पनीहरुले सस्तो दरको टिकट अफर ल्याउन थालेका छन् ।

     यसैक्रममा, निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले सस्तो फ्लाइट अफर ल्याएको छ । एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी दुई ठाउँको टिकट सिस्तो मूल्यमा किन्न सकिने अफर ल्याएको हो ।

     
    एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं-पोखराको एकतर्फी टिकट १ हजार ५०० रुपैयाँमा किन्न सकिनेछ । यस्तै, काठमाडौं-विराटनगर एकतर्फी टिकट २ हजार रुपैयाँमा किन्न सकिनेछ ।

     
    यसैगरी, काठमाडौं-नेपालगञ्ज २ हजार ५०० रुपैयाँ र काठमाडौं-भद्रपुरको एकतर्फी टिकट २ हजार ४०० रुपैयाँमै पाइने एयरलाइन्सले जनाएको छ ।

     यो अफर ३ दिन (साउन ५ देखि ७ गतेसम्म) सम्म लागू हुने एयरलाइन्सले जनाएको छ ।एयरलाइन्सले यसअघि पनि विभिन्न गन्तव्यमा यस्तो अफर ल्याएको थियो ।

    प्रकाशित मिति :श्रावण ४ २०७८ सोमवार - १३:३६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij