Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

सेयर खरिदबिक्री गर्दा आज देखि १० पैसामा बार्गेनिङ गर्न पाइने,अरु यस्ता छन् प्राबधान

सेयर खरिदबिक्री गर्दा आज देखि १० पैसामा बार्गेनिङ गर्न पाइने,अरु यस्ता छन् प्राबधान


  • 6.1K
    Shares

    सेयर खरिदबिक्री गर्दा आज देखि १० पैसामा बार्गेनिङ गर्न पाइने,अरु यस्ता छन् प्राबधान

    आजदेखि सेयर कारोबारमा ३ वटा नयाँ नियम कार्यान्वयनमा आएका छन् ।

     नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ को दोस्रो संशोधन गर्दै गरेको व्यवस्था अनुसार सेयर खरिद विक्री गर्दा १० पैसामा बार्गेनिङ गर्न पाइने भएको हो ।

     यसअघि सेयर कारोबार गर्दा रहेको न्यूनतम सीमा १ रुपैयाँलाई परिवर्तन गर्दै बोर्डले १० पैसा कायम गरेको हो ।

     यस्तै, आजदेखि प्रिसेसन कारोबारमा सेयर मूल्य २ प्रतिशत मात्र बढाउन/घटाउन पाइने छ । प्रिसेसनमा धितोपत्रको कारोबारमा हुने अस्वभाविक उत्तरचढावलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

     यसअघि प्रिसेसनमा एकैचोटी ५ प्रतिशत मूल्य बढाएर/घटाएर कारोबार गर्न पाउने व्यवस्था थियो । जसले बजारमा निकै चलखेल हुने गरेको थियो ।

     यस्तै, आजदेखि सेयर कारोबारमा छुट्टाछुट्टै पूँजीगत कर लागू हुने भएको छ । खरिद गरेको १ वर्षभित्र सेयर बेचेमा ७.५ प्रतिशत पूँजीगत लाभकर लाग्ने छ १ वर्षपछि बेच्दा ५ प्रतिशत मात्र कर लाग्नेछ ।

    प्रकाशित मिति :श्रावण ३ २०७८ आइतवार - १४:१०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij