Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कम सीसीका सस्ता मोटरसाइकलमा वार्षिक कर बढ्यो, महंगा मोटरसाइकलमा बढ्यो कि बढेन ?

कम सीसीका सस्ता मोटरसाइकलमा वार्षिक कर बढ्यो, महंगा मोटरसाइकलमा बढ्यो कि बढेन ?


  • 6.9K
    Shares

    कम सीसीका सस्ता मोटरसाइकलमा वार्षिक कर बढ्यो, महंगा मोटरसाइकलमा बढ्यो कि बढेन ?
    images

    बागमती प्रदेश सरकारले मोटरसाइकलमा लाग्दै आएको वार्षिक कर वृद्धि गरेको छ । बागमती प्रदेशले जारी गरेको आर्थिक ऐन २०७८ ले मोटरसाइकलमा लाग्दै आएको वार्षिक कर वृद्धि गरेको हो । विशेषत धेरै विक्री हुने सेग्मेन्टमा कर बढाइएको छ ।

    १२५ सीसी इन्जिन क्षमता भएका दुई पाङ्ग्रे सावरी साधानले वार्षिक कर ३ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । यसअघि १२५ सीसी क्षमताका यस्ता सावरी साधनले २ हजार ८ सय रुपैयाँ वार्षिक कर तिर्दै आएका थियो ।

    त्यस्तै १२६ सीसीदेखि १५० सीसीसम्मको मोटरसाइकल तथा स्कुटरको कर ५ हजार रुपैयाँ बानाइएको छ । यसअघि १२६ देखी १६० सीसीसम्मका मोटरसाइकलले वार्षिक ४ हजार ५ सय तिर्दै आएका थिए । आर्थिक ऐनले १२५ सीसीदेखी १५० सीसीसम्मको नयाँ मापदण्ड निर्धारण गरेर कर बढाएको हो ।


    त्यसैगरी १५१ सीसीभन्दा माथि २२५ सीसीसम्म इन्जिन क्षमता भएका मोटरसाइकलले अब ६ हजार ५०० बार्षिक कर तिनु पर्ने हुन्छ । यसअघि यी मोटरसाइकल तथा स्कुटरले बार्षिक ५ हजार ५ सय रुपैयाँ बुझाउँदै आएका थिए ।

     

    त्यस्तै यसअघि ९ हजार रुपैयाँ कर लाग्दै आएको २२६ सीसीभन्दा माथि ४०० सीसीसम्मका मोटरसाइकल तथा स्कुटरले वार्षिक ११ हजार रुपैयाँ बुझाउनु पर्ने भएको छ । यो सेग्मेन्टमा एकै पटक वार्षिक २ हजार रुपैयाँ कर तिर्नु पर्ने भएको छ ।

    अब ४०० सीसीभन्दा माथि ६०० सीसीसम्मका मोटरसाइकलको वार्षिक कर भने बढाइएको छैन । यो सेग्मेन्टले वार्षिक २० हजार रुपैयाँ तिर्नु पर्ने छ । साथै, ६०० सीसीभन्दा माथिका मोटरसाइकलमा पनि कर बढेको छैन । यो सेग्मेन्टमा सवारी धनीले वार्षिक ३० हजार रुपैयाँ कर तिर्नु पर्ने छ ।

    प्रकाशित मिति :श्रावण १ २०७८ शुक्रवार - १५:५८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij