२०८२ मंसिर १२ गते शुक्रवार
युनियन लाइफ इन्सुरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । विक्री प्रबन्ध प्रभु क्यापिटलमा आज साँझ ५ बजे आइपीओ बाँडफाँट गरिएको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी ५ लाख ८० हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने १५ लाख ३२ हजार २९९ जनाको हात रित्तो भएको छ ।
कम्पनीले असार २४ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
जसमा कुल २१ लाख ८२ हजार ७७५ जना आवेदन दिएका थिए । सोमध्ये ६९ हजार ९७६ आवेदन विविध कारणले रद्द भएका छन् भने बाँकी २१ लाख १२ हजार ७९९ आवेदकलाई गोलाप्रथामा समावेश गरिएको थियो ।
कम्पनीको आइपीओमा परेको आवेदन हालसम्मका सबैभन्दा धेरै हो । यसअघि जीवन विकास लघुवित्तको आइपीओमा २० लाख ८७ हजारले आवेदन दिएका थिए ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र युनियन लाइफ इन्स्योरेन्सको वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij