Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सेयर बजारले नयाँ अर्थमन्त्री शर्मालाई गर्यो स्वागत, धेरै मूल्य बढ्ने १५ कम्पनी कुन-कुन हुन् ?

सेयर बजारले नयाँ अर्थमन्त्री शर्मालाई गर्यो स्वागत, धेरै मूल्य बढ्ने १५ कम्पनी कुन-कुन हुन् ?


  • 7.3K
    Shares

    सेयर बजारले नयाँ अर्थमन्त्री शर्मालाई गर्यो स्वागत, धेरै मूल्य बढ्ने १५ कम्पनी कुन-कुन हुन् ?
    images

     नयाँ अर्थमन्त्रीलाई सेयर बजारले हरियो झन्डा देखाएर स्वागत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेको पहिलो दिन बुधबार सेयर बजारमा ठूलो उत्साह नदेखिए पनि झिनो अंकले बढेर बन्द भएको हो ।

     सूचकसँगै कारोबार रकममा भने सुधार आउन सकेन । यसअघिका दिनहरुमा जस्तै साढे ५ अर्ब हाराहारीमा कारोबार भएको छ ।

     आज सेयर बजार मापक सूचक नेप्से १.०१ अंकले बढेर २८७२.०५ विन्दुमा पुगेको छ । आज २१४ कम्पनीको ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ रुपैयाँ बराबरको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता सेयर किनबेच भएका छन् ।


    कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ साूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.७१ प्रतिशतले बढेको छ भने फाइनान्स समूह पनि १.४८ प्रतिशतले बढेको छ ।

     
    आज कारोबारमा आएका २१४ कम्पनीमध्ये ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको मूल्यमा गिरावट आएको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

     आज गोर्खा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे २९ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा छिमेक लघुवित्त २२ करोड र हिमालयन डिस्ट्रलरीको साढे १९ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

     बढ्दो बजारमा आज हिमालयन पार्टनर पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.१० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्स र कालिका पावरको ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

     यसैगरी, रसुवागढी, साञ्जेन हाइड्रोपावर, ङादी पावर, मल्टिप्रपोज फाइनान्स, सिनर्जी पावर र रैराङ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशभन्दा धेरैले बढेको छ । यस्तै, हिमाल दोलखा, रिडी, सिंगटी हाइड्रोपावर, युनिभर्सल पावर, सेन्टर फाइनान्स र माउन्टेन हाइड्रोको सेयर मूल्य ४ प्रतिशभन्दा धेरैले बढेको छ ।

     यसैगरी, एनआइसी एशिया बैंक डिबेञ्चर, कृषि विकास बैंक डिबेञ्चर, सिद्धार्थ बैंक डिबेञ्चर, रिलायन्स फाइनान्स, नेपाल बंगलादेश बैंक, छ्याङ्दी हाइड्रोपावर, जानकी फाइनान्सको सेयर मूल्य ५ प्रतिशभन्दा धेरैले बढेको छ ।

     बढ्दो बजारमा आज नबिल ब्यालेन्स फण्डको सेयर मूल्य सबैभन्दा धेरै २.८३ प्रतिशतले घटेको छ ।

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - १५:४१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij