२०८२ मंसिर १२ गते शुक्रवार
सेयर बजारमा दोहोरो अंकले बजार तताएको छ। सोमबार एकैदिन ४५ अंकले घटेको बजार आज दोहोरो अंकले बढेको हो ।
यससाता सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । आइतबार एकैदिन ७५ अंकको उछाल आएको बजार सोमबार ४५ अंकले घटेको थियो भने आज १६ अंकले बढेको छ । समग्रमा ३ दिनमा नेप्से ४६ अंकले बढेको छ ।
सूचकमा बढोत्तरी आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै आधाले घटेर साढे ५ अर्बम सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १६.३४ अंकले बढेर २८७१.०३ विन्दुमा पुगेको छ । आज २२३ कम्पनीको ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँ बराबरको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १३ वटा समूहमध्ये जीवन बीमा बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.०३ प्रतिशतले बढेको छ भने विकास बैंक १.५४ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका २२३ कम्पनीमध्ये जम्मा १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ४५ करोड रुपैयाँको बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स २३ करोड र एनआइसी एशिया बैंकको २० करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
बढ्दो बजारमा आज सेन्टर, समृद्धि, मञ्जुश्री, प्रोग्रेसिभ र आइसीएफसी फाइनान्सको सेयर मूल्य ६ प्रतिशभन्दा धेरैले बढेको छ ।
यसैगरी, एनआइसी एशिया बैंक डिबेञ्चर, कृषि विकास बैंक डिबेञ्चर, सिद्धार्थ बैंक डिबेञ्चर, रिलायन्स फाइनान्स, नेपाल बंगलादेश बैंक, छ्याङ्दी हाइड्रोपावर, जानकी फाइनान्सको सेयर मूल्य ५ प्रतिशभन्दा धेरैले बढेको छ ।
बढ्दो बजारमा आज सानिमा लार्ज क्याप म्युचुखल फण्डको सेयर मूल्य सबैभन्दा धेरै ३.०८ प्रतिशतले घटेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij