Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मनकामना स्मार्ट लघुवित्तको आईपीओ भोलि बिहान बाँडफाँड हुने,तपाइलाई कति पर्ला ?

मनकामना स्मार्ट लघुवित्तको आईपीओ भोलि बिहान बाँडफाँड हुने,तपाइलाई कति पर्ला ?


  • 6.1K
    Shares

    मनकामना स्मार्ट लघुवित्तको आईपीओ भोलि बिहान बाँडफाँड हुने,तपाइलाई कति पर्ला ?
    images

    मनकामना स्मार्ट लघुवित्त कम्पनीको आईपीओ भोलि असार २८ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार असार २८ गते बुधबार विहान ९ः३० बजे कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाडँफाँड हुने भएको हो ।

    लघुवित्तले गत असार १८ गते बिहीबारदेखि १ सय रुपैयाँ दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता प्राथमिक सेयर जारी गरेको थियो । 

    जसमध्ये, ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागी खुल्ला गरेको थियो । 


    उक्त आइपीओमा माग गरेभन्दा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता सेयर खरिदका लागि आवेदन परेको विक्री प्रबन्धक एनएमबीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ २७ २०७८ आइतवार - १४:०९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij