Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सेयर बजार ह्वात्तै चम्कियो,फाइनान्स र विकास बैंकको सेयर चम्काउने गरि किन झुम्मिए लगानीकर्ता ?

सेयर बजार ह्वात्तै चम्कियो,फाइनान्स र विकास बैंकको सेयर चम्काउने गरि किन झुम्मिए लगानीकर्ता ?


  • 10.2K
    Shares

    सेयर बजार ह्वात्तै चम्कियो,फाइनान्स र विकास बैंकको सेयर चम्काउने गरि किन झुम्मिए लगानीकर्ता ?
    images

    सेयर बजारमा उछाल आएको छ । बजार खुलेको डेढ घण्टा (१२ः३०) बजेसम्म नेप्से ५७ अंकले बढेर २८८१ विन्दु पुगेको छ ।

     कारोबारमा आएका सबै समूहको सेयरमा लगानीकर्ताको आकर्षण देखिए पनि फाइनान्स र विकास बैंकको सेयरमा अत्यधिक आकर्षण देखिएको छ ।

     साढे १२ बजेसम्म फाइनान्स समूह ७ प्रतिशतभन्दा धेरैले बढेको छ भने विकास बैंक समूह पनि ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

     कारोबारमा आएका अधिकांश फाइनान्स र विकास बैंकको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । केही फाइनानस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ भने केही कम्पनीको विक्रीकर्ता नै शून्य रहेका छन् ।

     
    आगामी मौद्रिक नीति मार्फत विकास बैंक तथा फाइनान्सको पूँजी वृद्धि गरिने हल्ला बाहिरिएसँगै लगानीकर्ता यी क्षेत्रको कम्पनीको सेयरमा झुम्मिएका हुन् ।

     
    पूँजी वृद्धि हुने/नहुने आधिकारिक भनाइ नआए पनि लगानीकर्ता बजारको हल्लाकै पछि दौडिँदा सेयर मूल्यमा उछाल आएको हो । बैंक तथा अन्य क्षेत्रका कम्पनीको तुलनामा यी क्षेत्रका कम्पनीको सेयरसंख्या कम हुँदा यसअघि पनि विकास बैंक र फाइनानसको सेयर मूल्य अचाक्ली बढेको थियो ।

    प्रकाशित मिति :आषाढ २७ २०७८ आइतवार - १३:५५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij