Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१४ अर्बको हकप्रद सेयर विक्री गर्न यी ७ कम्पनीले पाए अनुमति,कुन कम्पनीको कति ?

१४ अर्बको हकप्रद सेयर विक्री गर्न यी ७ कम्पनीले पाए अनुमति,कुन कम्पनीको कति ?


  • 10.1K
    Shares

    १४ अर्बको हकप्रद सेयर विक्री गर्न यी ७ कम्पनीले पाए अनुमति,कुन कम्पनीको कति ?
    images

    नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षमा कूल १४ अर्ब ४ करोड ९७ लाख ७ हजार २५ रुपैयाँ बराबरको हकप्रद सेयर विक्रीका लागि अनुमति दिएको छ ।

     
    बोर्डको विवरणअनुसार चालू आवमा विभिन्न सात कम्पनीले हकप्रद सेयर विक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद सेयर भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको रहेको छ ।

     
    नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना भएको सो कम्पनीले दर्जनभन्दा बढी आयोजनामा यसअघि नै लगानी गरिसकेको छ । कम्पनीको चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पुर्याउने लक्ष्यका साथ एचआडीसीएलले हकप्रद सेयर विक्री गर्न लागेको हो ।

     
    बोर्डले कम्पनीलाई ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर विक्रीको अनुमति दिएको छ । हाल ११ अर्ब बराबरको चुक्ता पूँजी भएको कम्पनीले हकप्रद सेयर विक्री गरेपछि कूल पूँजी २२ अर्ब रुपैयाँ बराबर पुग्नेछ ।

     
    कम्पनीले ७६२ मेगावाट क्षमताको तमोर जलाशयुक्त आयोजना र रोल्पामा आयोजनास्थल रहेको माडीखोला जलाशयुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी गरिरहेको छ ।

     

    कम्पनीको सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डले यही असार ९ गते हकप्रद सेयर विक्रीको अनुमति दिएको हो । यस्तै बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई रु ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर विक्रीको अनुमति दिएको छ । नागरिक लगानी कोषले समेत चालू आवमा नै हकप्रद सेयर विक्रीको अनुमति पाएको हो । कोषले १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको हकप्रद सेयर विक्रीको अनुमति पाएको हो ।

     

    यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २००, अरुण भ्याली हाइड्रोपावर कम्पनीले ५२ करोड ४१ लाख १९ हजार ७०० र अपि पावर कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद सेयर विक्रीको अनुमति पाएको हो ।

     

    यस्तै बोर्डले चालू आवमा मात्रै २३ वटा बैंक तथा वित्तीय संस्थालाई २३ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र विक्रीका लागि अनुमति दिएको छ ।

     
    बोर्डले पछिल्लो पटक मैलुङ खोला जलविद्युत् आयोजनालाई साधारण सेयर विक्रीका लागि अनुमति दिएपछि चालू आवमा मात्रै कूल १९ कम्पनी पुगेका छन् । मैलुङ खोलाले ७ करोड ३६ लाख २८ हजार बराबरको साधारण सेयर विक्री गर्नेछ । बोर्डले कूल १४ अर्ब ४१ करोड ५९ लाख ५३ हजार ७०० रुपैयाँ बराबरको साधारण सेयर विक्रीका लागि अनुमति प्रदान गरेको छ ।

    प्रकाशित मिति :आषाढ २७ २०७८ आइतवार - ११:२९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij