Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१७ वटा कम्पनी आईपीओ निष्कासनको पर्खाइमा

१७ वटा कम्पनी आईपीओ निष्कासनको पर्खाइमा


  • 4.9K
    Shares

    १७ वटा कम्पनी आईपीओ निष्कासनको पर्खाइमा
    images

    विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको हो ।

    चालू आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा १९ कम्पनीलाई धितोपत्र निष्काशनको अनुमति दिइसकेको धितोपत्र बोर्डले अझ विभिन्न्न १७ वटा कम्पनीलाई निष्कासन अनुमतिका लागि पखाईमा राखेको छ । यी कम्पनीहरूको पाँच अर्ब ६४ करोड ३ लाख ७९ हजार ८ सय रुपैयाँ बराबरका ५ करोड ६४ लाख ३ हजार ७ सय ९८ कित्ता सेयर निष्कासनका लागि पाइप लाइनमा रहेका छन् । आवेदन दिनेमा अधिकाशं जलविद्युत् कम्पनी रहेका छन् ।

    धितोपत्रको प्रारम्भिक बिक्रि वितरणमा संलग्न बजारलाई प्राथमिक बजार भनिन्छ । अर्को शब्दमा, नयाँ अथवा पहिलोपटक निष्कासन गरिएका धितोपत्रको बिक्री हुने बजारलाई प्राथमिक बजार भनिन्छ । प्राथमिक सेयर प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गरेर दोस्रो बजारमा कारोबार हुँदा बढ्दै जान्छ ।

    बोर्डमा आवेदन दिएकामध्ये पाँचवटा कम्पनीलाई बोर्डले प्रारम्भिक समीक्षामा राखेको छ भने ४ वटा कम्पनीलाई समीक्षा गरेर टिप्पणी पठाइएको छ । त्यस्तै, अन्य आठवटा कम्पनी पनि समीक्षा अवधिमै रहेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

    प्रकाशित मिति :आषाढ २७ २०७८ आइतवार - ०७:५८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij