Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दोहोरो अंकले बढ्यो नेप्से : दुई समूहबाहेक सबै हरियाली, कुन कम्पनीको कति ?

दोहोरो अंकले बढ्यो नेप्से : दुई समूहबाहेक सबै हरियाली, कुन कम्पनीको कति ?


  • 7.4K
    Shares

    दोहोरो अंकले बढ्यो नेप्से : दुई समूहबाहेक सबै हरियाली, कुन कम्पनीको कति ?

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा यो हप्ताको अन्तिम दिन विहीबार दोहोर अंकले बढेर बन्द भएको छ ।

    विहीबार नेप्से २३ दशमबल ९७ अंकले बढेर  २ हजार ८ सय २५ दशमबल ११ विन्दुमा पुगेको छ । कारोबार रकम ४ अर्ब ८१ करोड ५५ लाख बराबरको भएको छ । 

    विहीबार २ समूह बाहेक सबै उपसूकांक बढेका कारण नेप्सेले धेरै दिन पछि दोहोरो अंकको वृद्धि भएको हो । ट्रेडिङ समूह र अन्य समूहबाहेक सबै उपसूचकांकमा हरियाली देखिएको छ । 

    नेप्सेमा बिहिबार एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो ।

    नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ७ सय ४४ कित्ता शेयर सूचीकृत भएको छ । त्यस्तै, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ३.५ प्रतिशत बोनस बापतको ८१ हजार ८ सय ७६ दशमलव ७९५ कित्ता शेयर सूचीकृत भएको हो । 

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - १५:२२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij