Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

तपाइको मोबाइल कस्तो हो ? यस्ता मोबाइल सेटको आईएमईआई दर्ता गर्नु पर्दैन

तपाइको मोबाइल कस्तो हो ? यस्ता मोबाइल सेटको आईएमईआई दर्ता गर्नु पर्दैन


  • 7.9K
    Shares

    तपाइको मोबाइल कस्तो हो ? यस्ता मोबाइल सेटको आईएमईआई दर्ता गर्नु पर्दैन
    images

    नेपाल दूरसञ्चार प्राधिकरणले व्यवसायीक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटमा आईएमईआई दर्ता गर्न नपर्ने जनाएको छ ।

    प्राधिकरणले आज एक सूचना जारी गर्दै विगतको दिनमा खरिद भई प्रयोगमा आएको मोबाइल सेटको आईएमईआई हाल पुनः दर्ता गर्नुनपर्ने जनाएको हो ।

    नेपालमा मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्नको लागि प्राधिकरणले आगामी साउन १ गतेबाट आईएमईआई नम्बर दर्ता अनिवार्य गरिएको छ ।

    जसमा साउनदेखि नेपालमा मोबाइल सेटको आयात गर्नु पूर्व अनिवार्य रुपमा प्राधिकरणबाट स्तर स्वीकृती गर्नुपर्ने जनाएको छ । साथै, आईएमईआई नम्बर दर्ता गर्नुंपर्ने प्रावधान भएको हुँदा प्राधिकरणबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्ने गरी कार्य तीब्रताका साथ अघि बढाएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।

    ‘धेरै मोबाइलका ग्राहकहरूलाई प्रयोगमा रहेका आफ्नो सेटको आईएमईआई दर्ता गर्नुपर्ने हो की भनी भ्रम तथा अन्योल उत्पन्न भई प्राधिकरणमा सम्पर्क गर्ने क्रम बढेको छ ।

    साथै, प्राधिकरणको वेवसाइटमा उपलब्ध लिंकमा दर्ता गर्ने क्रम पनि अत्याधिक वृद्धि भई उक्त प्रणालीमा प्राविधिक समस्या उत्पन्न भई दर्ता प्रक्रियामा अवरोध भएको र सञ्चालन हुन केही समय लाग्नेछ,’ जारी सूचनामा उल्लेख छ ।

    त्यसैगरी, व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भैरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाउने भएको छ ।

    जसमा अवरुद्ध आईएमईआई दर्ता प्रणाली सञ्चालन भएपछि उचित समय प्रदान गरी आईएमईआई दर्ता गर्ने प्रबन्ध मिलाएको प्राधिकरणले जनाएको छ ।

    नेपालमा मोबाइल सेट खरिद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आईएमईआई दर्ता भएका मोबाइल सेट खरिद गर्न तथा अनिवार्य रुपमा भ्याट बिल लिई खरिद गरी अनावश्यक झन्झट एवं अन्योलबाट मुक्त हुन अनुरोध गरेको छ ।

    suchana.jpg

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - १२:५२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij