Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

जीवन विकास लघुवित्तको आईपीओमा ६९ हजार बढीको आवेदन रद्द

जीवन विकास लघुवित्तको आईपीओमा ६९ हजार बढीको आवेदन रद्द


  • 6.5K
    Shares

    जीवन विकास लघुवित्तको आईपीओमा ६९ हजार बढीको आवेदन रद्द
    images

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा ६९ हजार ९ जना आवेदकको आवेदन रद्द भएको छ । 

    निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड अनुसार ३ हजार ४ सय ७१ जना श्ंकास्पद आवेदक र सीआस्वाबाट आवेदन दिने ६५ हजार ५ सय ३८ जना गरी कुल ६९ हजार ९ जना आवेदकको आवेदन रद्द भएको हो । 

    यो सँगै कुल १४ लाख ७० हजार ७ सय ४० कित्ता आईपीओ रद्द भएको हो । कम्पनीको आईपीओमा परेको आवेदनमध्ये २० लाख १८ हजार ३ सय ८ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा बढीमा ११ कित्ता र थोरैमा १० कित्ता बाँडफाँड गरिएको थियो । 

    आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर र १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ताका दरले सेयर पाएका छन् ।

    प्रकाशित मिति :आषाढ २३ २०७८ बुधवार - १३:५५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij