Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

जीवन विकास लघुवित्तको आइपीओको आज बाँडफाँट हुँदै

जीवन विकास लघुवित्तको आइपीओको आज बाँडफाँट हुँदै


  • 5.5K
    Shares

    जीवन विकास लघुवित्तको आइपीओको आज बाँडफाँट हुँदै
    images

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ अन्तिम बाँडफाँट आज बुधवार हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको नक्साल स्थित कार्यालयमा विहान साढे ९ बजे आईपीओ अन्तिम बाँडफाँट गरिने भएको हो । 

    सोमवारनै प्रि अलोटमेण्ट कार्य सम्पन्न गरेको क्यापिटलले नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात बुधवारनै बाँडफाँट गर्ने भएको हो । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री  गरेको हो । यो शेयर १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् भने बाँकी ५ कित्ता शेयर थप ५ जनाले एक कित्ताका दरले प्राप्त गर्नेछन् । 

    सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरिरदका लागि २० लाख ५९ हजार ३५८ जनाले आवेदन दिएका छन् । यी आवेदकहरुबाट मागभन्दा १६ दशमलव ७३ गुणा बढी रू। ३ अर्ब ९ करोड १० लाख ५३ हजार बराबरको ३ करोड ९ लाख १० हजार ५३० कित्ताका लागि आवेदन दिएका परेको हो । यो तथ्याङ्क फेरिफिकेसनका क्रममा फरक परेको जानकारी क्यापिटलले दिएको छ । 

    कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको रू। १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि बाँडफाँट गर्नेछ । कम्पनीको जारी पूँजी रू। ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गरेको हो । 

    २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको कम्पनीले जेठ ३० गते अनुमति पाएको हो । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू। ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू। ६० करोड ८४ लाख पुग्नेछ ।

     आर्थिक वर्ष ०७६÷७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू। ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू। १०४ दशमलव ९७ रहेको छ । नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुदाँ कम्पनीले पहिलो कारोबारका लागि रू। ३०५ दशमलव २७ देखि रू। ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । 

    प्रकाशित मिति :आषाढ २३ २०७८ बुधवार - ०९:४१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij