२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति पश्चात एकीकृत कारोबार असार २७ गतेदेखि शुरु गर्ने भएको छ ।
यी दुबै कम्पनीको असार ५ गते सम्पन्न छुट्टा छुट्टै वार्षिक साधारण सभाबाट प्राप्ति गर्ने प्रस्ताव पारित भएको र गत असार १५ गते नै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाइसकेका कारण एकीकृत कारोबार शुरु हुन लागेको हो ।
कम्पनीले गत असार १८ गते कम्पनी रजिष्ट्रार कार्यालयबाट कम्पनी गाभ्ने स्वीकृती पाइसकेको पनि बताएको छ । युनाइटेड फाइनान्सको १ कित्ता शेयर बराबर नबिल बैंकले शून्य दशमलव ३५ कित्ता(१: ०.३५) शेयर प्रदान गर्ने गरी युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij