२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । पछिल्लो समय आईपीओ आम ब्यक्तीको आकर्षण बढ्दै गएको छ । आईपीओ भर्दा कतिपय बैंकबाट निशुल्क भर्न मिल्छ भने कतिपय बैंकले शुल्क लिने गरेका छन् ।
निःशुल्क सेवा दिने बैंकहरु
हाल राष्ट्रिय वाणिज्य, नेपाल बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, एनसीसी बैंक, नबिल बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक,र सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकहरुले निःशुल्क सेवा दिइरहेका छन् ।
कसको शुल्क कति ?
सी-आस्वा सेवा दिएवापत १२ वटा वाणिज्य बैंकले १ रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क तय गरेका छन् । जसमध्ये सबैभन्दा बढी स्ट्यान्र्डड चार्डर्ट बैंकले १ सय रुपैयाँ र सबैभन्दा थोरै प्रभु बैंकले १ रुपैयाँ सी-आस्वा शुल्क तोकेको छ ।
प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल बंगलबादेश बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, बैंक अफ काठमाण्डू, कृषि विकास बैंक र सनराइज बैंकमा खाता रहेका लगानीकर्ताले सेयरमा आवेदन दिँदा सि९आश्वा सेवा वापत बैंकलाई प्रतिआवेदन १० रुपैयाँ बुझाउनुपर्नेछ ।
त्यसैगरी, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, हिमालयन बैंक र कुमारी बैंकमा खाता रहेकाहरुले २० रुपैयाँ सि-आश्वा तिर्नुपर्नेछ छ । लक्ष्मी बैंक र नेपाल एसबिआई बैंकमा खाता रहेका लगानीकर्ताले प्रतिआवेदन २५ रुपैयाँका दरले सि आश्वा सेवा शुल्क बुझाउनु पर्नेछ ।
स्ट्याण्डर्ड चार्टड बैंक नेपालले प्रतिआवेदन १०० रुपैयाँ सेवाशुल्क लिने गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij