२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हाल्नुभएको छ ।
गत जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।
गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म बैंक सीइओविहीन थियो ।
सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गर्नुभएका पोखरेलसँग एनआइसी, नबिल, स्टाण्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij