Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कुल चुक्ता पुँजी करिब २७ अर्ब हुने गरि हिमालयन र इन्भेस्टमेन्ट बैंक मर्ज हुन अब के-के प्रक्रिया बाँकी छ ?

कुल चुक्ता पुँजी करिब २७ अर्ब हुने गरि हिमालयन र इन्भेस्टमेन्ट बैंक मर्ज हुन अब के-के प्रक्रिया बाँकी छ ?


  • 7.9K
    Shares

    कुल चुक्ता पुँजी करिब २७ अर्ब हुने गरि हिमालयन र इन्भेस्टमेन्ट बैंक मर्ज हुन अब के-के प्रक्रिया बाँकी छ ?
    images

    काठमाडौं । कुल चुक्ता पुँजी करिब २७ अर्ब रुपैयाँ पुर्याउने गरि दुई वाणिज्य बैंकहरु हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया अगाडी बढेको छ । आउँदो दसैँसम्ममा दुवै बैंक गाभिएर एकै हुने चाँजोपाँजो मिलिसकेको बुझिएको छ। 

    कोरोना प्रभाव र अडिटमा समय लागेका कारण मर्ज हुन ढिलाई भएको दुवै बैंकका प्रतिनिधीले बताएका छन्।चालू आर्थिक वर्षको अन्त्यसम्म मर्जरको प्रक्रिया सक्ने योजना भएको भए पनि त्यो लम्बिएर छ महिना पर धकेलिएको हो। अहिले मर्जरको लागि हुनुपर्ने दोस्रो चरणको डीडीए (सम्पत्ति तथा दायित्व मूल्याङ्कन) समेत सम्पन्न भएको छ।

    वैशाख अन्तिममा मर्जर सम्झौता भए पनि कोरोनाका कारण त्यसपछि केही हुन नसकेको श्रोतको भनाई छ। मर्जरको मेरुदण्ड  डीडीए समेत तयार भएकोले अब एक हुने प्रक्रिया अघि बढ्ने हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले जानकारी दिए।

    मर्जपछि बन्ने ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’का पनि सीईओ राणा नै रहने सहमति भइसकेको छ। हिमालयन बैंक र इन्भेस्टमेन्ट बैंकले वैशाख ३० मा मर्जर सम्झौता हुँदा सेयर स्वामित्व अर्थात् स्वाप रेसियो १ः१ रहने उल्लेख थियो।

    के-के छन् बाँकी प्रक्रिया

    सीईओ राणाका अनुसार दुवै बैंकले अहिले कुरिरहेको विषयचाहिँ एक्स्टर्नल (बाह्य) अडिट हो। करको विषयमा भएको यो अडिट दुवै बैंकहरुले कुरिरहेका छन्। करको अडिटको विषयको कारणले नै चालू आवको अन्त्यमा सकिने भनिए पनि मर्जर सम्झौता पछि सरेको हो।

    यो अडिट बनेपछि मर्जरको प्रस्ताव राष्ट्र बैंकमा पठाउनुपर्नेछ। त्यो प्रस्ताव राष्ट्र बैंकले पास गरेको खण्डमा २१ दिनको समय राखी साधारणसभा हुनुपर्छ।

    त्यसबाट पारित भएपछि औपचारिक रुपमा मर्जरको प्रक्रिया पूरा गर्न सकिन्छ। राणाले भने, ‘हामी ठ्याक्कै दसैँको समयमा मर्ज गर्ने गरी अघि बढेका छौँ। दसैँमा केही दिन विदा हुन्छ। त्यसकारणले कि दसैँअघि कि दसैँलगत्तै सम्पन्न हुन्छ।’

    मर्जरपछि हिमालयन बैंकका इन्भेस्टमेन्ट बैंकका अध्यक्ष रहेका पृथ्वीबहादुर पाँडे अध्यक्ष नै रहनेछन्। सीईओमा अशोक राणा र डेपुटी सीईओमा इन्भेष्टमेन्ट बैंकमा हाल सीईओ रहेका ज्योतिप्रकाश पाण्डे रहने सहमति यस अघि नै भई सकेको छ।

    प्रकाशित मिति :आषाढ १८ २०७८ शुक्रवार - १५:५१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij