२०८२ माघ १४ गते बुधवार
जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका एक राज्यमन्त्रीले राजीनामा दिएका छन्।
स्रोतका अनुसार भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी हुन्। लुम्बिनी प्रदेशमा वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि जसपाका ६ प्रदेससभा सदस्यमध्ये ४ जना सरकारमा सहभागी भएका थिए। जसपाबाट सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल सहभागी भएका थिए।
सहभागी भएपश्चात पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्रालय, यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्रालय र रायमाझीले भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा छन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij