२०८२ मंसिर १२ गते शुक्रवार
बजार खुलेदेखि नै सेयर बजारमा तीव्र उतरचढाव छ। निरन्तर ओरालो लागेर ५२ अंकले घटेको बजार अन्त्यमा ४ अंकले घटेर पूर्णबिराम लागेको छ ।
फाइनान्स र विकास बैंक समूहको सेयरमा चमक आउँदा बजार सम्हालिएको हो । सूचकमा झिनो गिरावट आए पनि कारोबार रकममा भने गिरावट आएको अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १ अर्बले घटेर पौने ६ अर्बमा सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ४.१३ अंकले घटेर नेप्से २८२३.८८ विन्दुमा आइपुगेको छ । आज २२० कम्पनीको ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार४३५ रुपैयाँ बराबरको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ५.८० प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक समूह पनि ३.४० प्रतिशतले बढेको छ भने होटल समूह सबैभन्दा धेरै १.४५ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका २२० कम्पनीमध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्यमा गिरावट आएको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एनएलजी इन्स्योरेन्स २१ करोड र नेशनल हाइड्रोको १८ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
झिनो अंकले घटेको बजारमा आज ५ फाइनान्स कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोखरा फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । यस्तै, सेन्टर, नेपाल, मल्टीप्रपोज र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।
यसैगरी, बेस्ट फाइनान्स, आइसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ । घट्दो बजारमा आज एचआइडीसीएलको सेयर मूल्य सबैभन्दा धेरै ४.२८ प्रतिशतले घटेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij