Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१ अर्ब ५० करोड ५० लाख चुक्ता पूँजी रहेको युनियन लाइफको आइपीओ असार २४ बाट आउँदै, यस्तो छ अबस्था

१ अर्ब ५० करोड ५० लाख चुक्ता पूँजी रहेको युनियन लाइफको आइपीओ असार २४ बाट आउँदै, यस्तो छ अबस्था


  • 7.2K
    Shares

    १ अर्ब ५० करोड ५० लाख चुक्ता पूँजी रहेको युनियन लाइफको आइपीओ असार २४ बाट आउँदै, यस्तो छ अबस्था
    images

    युनियन लाइफ इन्सुरेन्सले असार २४ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।

     निष्काशन हुने कुल आइपीओमध्ये ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ लाख २२ हजार ५०० कित्ता नै कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

    कम्पनीको आइपीओमा असार २८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलामा साउन ७ गतेसम्म आवेदन दिन पाइने छ ।

    कम्पनीको सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी (आइआर ट्रिपल बी (बीबीबी’ रेटिङ) दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

    हाल १ अर्ब ५० करोड ५० लाख चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

     कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ संचित रहेको छ ।

    प्रकाशित मिति :आषाढ १६ २०७८ बुधवार - १२:२९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij