Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

५.६ अंकले बढ्यो नेप्से, ७ अर्ब ७२ करोडको कारोबार

५.६ अंकले बढ्यो नेप्से, ७ अर्ब ७२ करोडको कारोबार


  • 6.4K
    Shares

    ५.६ अंकले बढ्यो नेप्से, ७ अर्ब ७२ करोडको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोस्रो दिन आज सोमबार सामान्य अंकले बढेको छ । आज नेप्से ५.६ अंकले बढेर दुई हजार ८ सय ७५ दशमलब ४५ विन्दुमा पुगेको छ ।  

    नेप्सेका अनुसार आज नेप्सेमा ७ अर्ब ७२ करोड ५५ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये पाँच समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् ।

    त्यस्तै, आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सिभिल लघुवित्त वित्तिय संस्था र सबैको लघुवित्त वित्तिय संस्था रहेका छन्  । जसको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।  

    त्यसैगरि, आज बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । 

    कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशीको कारोबार भएको छ । यस कम्पनीको आज ६६ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । 

    प्रकाशित मिति :आषाढ १४ २०७८ सोमवार - १५:३४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij