Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालको ढुकुटीमा कति छ पैसा ? पहिलेको भन्दा बढ्यो कि घट्यो ? यस्तो छ आँकडा

नेपालको ढुकुटीमा कति छ पैसा ? पहिलेको भन्दा बढ्यो कि घट्यो ? यस्तो छ आँकडा


  • 7.9K
    Shares

    नेपालको ढुकुटीमा कति छ पैसा ? पहिलेको भन्दा बढ्यो कि घट्यो ? यस्तो छ आँकडा

    काठमाडौं । नेपाल राष्ट्र बैंकको ढुकुटीमा गत महिनाको तुलनामा नगद रकम बढेको छ । बैंक तथा वित्तीय संस्थालाई दिइएको ऋण तथा सापटी रकम भने यो महिना घटेको छ । 

     

    नेपाल राष्ट्र बैंकका अनुसार, गत महिना बैंकको ढुकुटीमा नगद तथा नगद सामान रु. ५ खर्ब ४५ अर्ब ५९ करोड ९८ लाख ७१ हजार ७० रहेकोमा यस महिना बढेर ५ खर्ब ५२ अर्ब ११ करोड ९७ लाख ६५ हजार ४२३ रूपैयाँ भएको छ । 

     

    राष्ट्र बैंकले यो महिना विभिन्न बैंक तथा वित्तीय संस्थालाई १ खर्ब ४३ अर्ब ५९ करोड २० लाख ७ हजार ६६ रूपैयाँ ऋण प्रवाह गरेको छ । गत महिना बैंकले दिएको ऋण १ खर्ब ६० अर्ब १८ करोड ३६ लाख ६९ लाख २ हजार ६५५ रूपैयाँ थियो । 


    त्यसैगरी राष्ट्र बैंकको ढुकुटीमा चाँदी पनि यो महिना थपिएका छन् । गत महिना ७७ अर्ब १६ करोड ९ लाख १४ हजार ४५५ रहेकोमा यस वर्ष ७८ अर्ब १८ करोड ६ लाख ४४ हजार ४५२ रूपैयाँ बराबरको सुन तथा चाँदी रहेको राष्ट्र बैंकले जनाएको छ । 


    बैंकका अनुसार राष्ट्र बैंकको कुल पुँजीअंश ३ खर्ब ४६ अर्ब ८० करोड २२ लाख ४५ हजार १०४ र जम्मा दायित्व तथा पुँजीअंश १५ खर्ब १६ अबए ७८ करोड ४७ लाख २८ हजार २८७ छ । 


    राष्ट्र बैंकका अनुसार हाल ६ खर्ब ५८ अर्ब ५९ लाख ८ लाख रूपैयाँ बराबरको नोट चलन चल्तीमा छन् । गत महिना ६ खर्ब ५५ अर्ब ५५ करोड ३९ लाख ९३ हजार ८८२ रूपैयाँ बराबरका नोट चल्तीमा रहेकोमा केही बढेको हो । 

     

    प्रकाशित मिति :आषाढ १४ २०७८ सोमवार - ०९:५६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij