Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२७ अंकले बढ्यो नेप्से, यी हुन् धेरै मूल्य बढेका ७ कम्पनी

२७ अंकले बढ्यो नेप्से, यी हुन् धेरै मूल्य बढेका ७ कम्पनी


  • 8.3K
    Shares

    २७ अंकले बढ्यो नेप्से, यी हुन् धेरै मूल्य बढेका ७ कम्पनी

    सेयर बजारमा दोहोरो अंकले स्थान पाएको छ । पछिल्लो दुई सातामा करिब २०० अंकले घटेको बजार आज २७ अंकले बढेको हो ।

    सूचकमा सुधार आए पनि कारोबार रकम भने घट्दो क्रममा रहेको छ । गतसाता औसतमा दैनिक १० अर्ब कारोबार हुँदै आएकोमा आज घटेर ७ अर्बमा सीमित भएको छ ।

     सेयर बजार मापक सूचक नेप्से २७.१७ अंकले बढेर नेप्से २८७०.१८ विन्दुमा पुगेको छ । आज २२७ कम्पनीको ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर किनबेच भएका छन् ।

     

    कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.७६ प्रतिशतले बढेको छ भने बैंकिङ समूह पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

     आज कारोबारमा आएका २२७ कम्पनीमध्ये १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

     आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४१ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा सेञ्चुरी कमर्शियल बैंकको ३७ करोड र नेपाल पुनर्बीमा कम्पनीको ३४ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

     दोहोरो अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सेञ्चुरी कमर्शियल बैंक र माथिल्लो तामाकोशीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

     
    यस्तै, आज युनाइटेड इदी मार्दी हाइड्रोपावर ७.२५ प्रतिशत, रिडी हाइड्रोपावर ६.२५, सिभिल बैंक ६.०९, नेशनल हाइड्रोपावर र बुटवल पावर कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरै बढेको छ ।

     
    बढ्दो बजारमा आज गोर्खा फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.३७ प्रतिशत गुमाएका छन् ।

    प्रकाशित मिति :आषाढ १३ २०७८ आइतवार - १६:१८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij