Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

२७.१७ अंकले बढ्यो नेप्से, ७ अर्ब १६ करोडको कारोबार

२७.१७ अंकले बढ्यो नेप्से, ७ अर्ब १६ करोडको कारोबार


  • 5.0K
    Shares

    २७.१७ अंकले बढ्यो नेप्से, ७ अर्ब १६ करोडको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दिन आज आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से २७.१७ अंकले बढेर दुई हजार ८ सय ७० दशमलब १७ विन्दुमा पुगेको छ । 

    त्यस्तै, आज नेप्सेमा ७ अर्ब १६ करोड ७४ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये पाँच समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् ।  

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सेञ्चुरी कमर्शियल बैंक र अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी रहेका छन्  । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।  

    आज गुँरास फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ । 

    कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ । यस कम्पनीको आज ४० करोड भन्दा बढीको शेयर कारोबार भएको छ । 

    प्रकाशित मिति :आषाढ १३ २०७८ आइतवार - १५:२२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij