२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने आज (असार १३ गते) अन्तिम दिन हो। कम्पनीले हाल कायम एक कित्ता सेयर बराबर नयाँ ०.२९३८ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गरेको छ।
हकप्रद निष्काशनका लागि कम्पनीले बैशाख २९ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
यसअघि कम्पनीले हकप्रद भर्ने म्याद ४ दिन थपेको थियो। निषेधाज्ञाका कारण कम्पनीले हकप्रद भर्ने म्याद ४ थप गरेर आजसम्म पुर्याएको हो। बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij