२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले एक खर्ब भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
बीमा समितिको तथ्यांक अनुसार संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ८४ लाख ६८ हजार १ सय ३५ वटा बीमा पोलिसी जारी गरि १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २७ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोशनले १४ अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ९अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ भने ज्योति लाइफको २ अर्ब ६१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
त्यसैगरि, राष्ट्रिय बीमा संस्थानले ७ अर्ब २६ करोड रुपैयाँ, यूनियन लाइफले ५ अर्ब ७० करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ५५ करोड रुपैयाँ, सूर्या लाइफले ३ अर्ब ६१ करोड रुपैयाँ, प्राइम लाइफले ३ अर्ब ३५ करोड रुपैयाँ, गुँरास लाइफले ३ अर्ब १७ करोड रुपैयाँ र सिटिजन लाइफले २ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
यस्तै, रिलायन्स लाइफले २ अर्ब १३ करोड रुपैयाँ, आइएमई लाइफले २ अर्ब ९ करोड रुपैयाँ, सन नेपाल लाइफको १ अर्ब ८६ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ६६ करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब २१ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ७६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।
हेर्नुहोस् सूची
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij