Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आजबाट जीवन विकास लघुवित्तको आईपीओ बिक्री खुल्ला, कति दिने आवेदन ?

आजबाट जीवन विकास लघुवित्तको आईपीओ बिक्री खुल्ला, कति दिने आवेदन ?


  • 5.1K
    Shares

    आजबाट जीवन विकास लघुवित्तको आईपीओ बिक्री खुल्ला, कति दिने आवेदन ?
    images

    काठमाडौं । जीवन विकास लघुवित्तको आज (असार ११ गते) बाट १९ करोड ७७ रुपैयाँ बराबरको साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ आजबाट निष्काशन तथा बिक्री खुल्ला भएको हो । 

    आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।  कम्पनीले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशत सेयर निष्काशन गर्न लागेको हो ।

    कति दिने आवेदन ? 
    उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । पछिल्लो समय आईपीओमा पर्ने आवेदन हेर्दा १० कित्ता नै भर्नु उपयुक्त हुन्छ ।

    कहाँ-कहाँबाट दिने आवेदन 
    लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ भने अनलाईन मार्फत मेरो सेयर एप र मेरो सेयर सफ्वेयर मार्फत पनि आवेदन दिन सकिनेछ । 

    आवेदन कहिलेसम्म दिने ?
    लगानीकर्ताहरुले उक्त आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

    रेटिङ्ग कति ?
    संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

    संस्थालाई नेपाल धितोपत्र बोर्डले जेठ ३० गते आईपिओ निष्काशनको अनुमति प्रदान गरेको थियो । संस्थाले गत बर्ष फागुन १७ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन पेश गरेको थियो ।  
       
    संस्थाको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले जम्मा पुँजीको ३२.५० प्रतिशत आईपिओ निष्काशन गर्न लागेको हो । 

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - ०८:२१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij