२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं। साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार मापक नेप्से दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से १६.९६ अंकले घटेर २८ सय ४३ अंकमा बन्द भएको छ।
बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ। २ सय १९ कम्पनीको सेयर खरिद बिक्री भएको बजारमा ७ अर्ब ३ करोड बराबरको सेयर कारबोर भएको छ।
यस दिन समूहगत आधारमा होटेल्स एण्ड टुरिजम र हाइड्रोपावर बाहेक सबै समूह राताम्मे भए। कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबार जलविद्युत समूहतर्फ लगानीकर्ताको आकर्षण देखिएको छ। समग्र बजार घटे पनि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्यमा भने सर्किट लेभलमा मूल्यवृद्धि भएको छ। यस दिन छिमेकी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij