२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौँ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधन गरी दोस्रो बजारको प्रारम्भिक कारोबार सत्रमा मूल्य सीमा परिवर्तन विद्यमान पाँच प्रतिशतबाट घटाएर दुई प्रतिशतमा झारेको छ ।
त्यस्तै हाल कायम रहेको न्यूनतम मूल्य परिवर्तन सीमा पनि एक रुपैयाँबाट घटाएर १० पैसामा झारेको छ । यो व्यवस्थाले दोस्रो बजारलाई स्थायित्व दिने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी बताउँछन् ।
‘प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतारचढावलाई व्यवस्थित गर्न आवश्यक देखिएकोले उक्त सत्रमा हुने कारोबार मूल्य परिवर्तन सीमालाई घटाइएको’ धितोपत्र बोर्डले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत अनुसरण गरी नयाँ व्यवस्था गरिएको धितोपत्र बोर्डले दाबी गरेको छ ।
नयाँ कारोबार मूल्य सीमा अनुसार लगानीतकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्ने र दोस्रो बजारको कारोबार लगानीकतौ मैत्री हुने बोर्डले उल्लेख गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij