२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले भोलि (शुक्रबार)देखि १९ करोड ७७ हजार ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आइपिओ बिक्री गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतले शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी गर्न लागेको कूल १९ लाख ७७ हजार ३०० कित्तामध्येबाट कम्पनीले जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता कर्मचारीहरूलाई र कुल कित्ताको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।
कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी बसेको १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ ।
प्रतिशेयर १०० रुपैयाँ अंकित दरको उक्त शेयर खरिदका लागि न्यूनतम् १० कित्तादेखि अधिकतम् १ हजार कित्तासम्म माग गरी आवेदन दिन सकिनेछ ।
आइपिओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलका अनुसार आइपिओ छिटोमा असार १५ गते र उक्त समयसम्म आइपिओ बिक्री नभए ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि आइपिओ खरिदका लागि आवेदन दिनेहरूको संख्यामा उच्च बृद्धि भएका कारण यस कम्पनीको आइपिओ पनि छिटो मितिमा नै बन्द हुने देखिन्छ ।
आइपिओ खरिदका लागि बिक्री प्रबन्धक एनएमबि क्यापिटल, बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij