२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक समूहको ५० हजार कित्ता शेयर लिलामीमा आवेदन दिने आज (असार १० गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँमा यो शेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले १ हजार २२ रुपैयाँलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij