Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज बुधबार दोहोरो अंकले घट्यो नेप्से

आज बुधबार दोहोरो अंकले घट्यो नेप्से


  • 7.8K
    Shares

    आज बुधबार  दोहोरो अंकले घट्यो नेप्से

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले घटेको छ । आज नेप्से ३९.६० अंकले घटेर एक हजार ९ सय ५५ दशमलब ७७ विन्दुमा थामिएको छ भने ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर बाहेक अन्य सबै समूह घटेका छन् । आजजलविद्युत समूह भने २२.८९ अंकले बढेको छ । आज सबैभन्दा बढी बीमा समूह घटेको छ । जीवन बीमा समूह २७०.४६ अंक र निर्जीवन बीमा समूह २२५.१३ अंकले घटेका हुन् । 

    आज नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीहरुले सबैभन्दा बढी ९.९२%ले नाफा कमाएका छन् भने अरुण भ्याली हाइड्रोपावरका शेयरधनीहरुले सबैभन्दा बढी ५.५६%ले घाटा व्यहोरेका छन् ।  

    आज पनि नेपाल पुनर्बीमा कम्पनीकै उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको ४२ करोड ४२ लाख ७२ हजार ९ सय ३ रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।  

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - १५:४१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij