Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमाथि आज सुनुवाई हुँदै

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमाथि आज सुनुवाई हुँदै


  • 17.1K
    Shares

    • images
    मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमाथि आज सुनुवाई हुँदै

    काठमाडौँ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमाथि आज (मंगलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।

    सर्वोच्चले आज दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । पछिल्लो समय सरकारले गरेका कतिपय निर्णयलाई सर्वोच्च अदालतले कानुनविपरित भन्दै उल्टाइदिएको छ ।

    आजको छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद पुनर्गठन पनि रद्द हुने छ । १५ जेठमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितका कानुन व्यवसयायीले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै मन्त्रिपरिषद पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए । रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक हुने भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ ।

    पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका महत्वपूर्ण निर्णयलाई सर्वोच्चले कानुन विपरित भन्दै बदर गर्दै आएको छ ।कार्यपालिकाबाट भएका निर्णयलाई न्यायपालिकाले गलत, कानुन र संविधानविपरीत भन्दै फैसला गरिरहेको सन्दर्भमा पछिल्लोपटक भएको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथिको सुनुवाईलाई महत्वको साथ हेरिएको छ ।

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - ११:११:०२ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij