Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

करको दर सार्वजनिक, कति आम्दानी भएकाले कति तिर्नुपर्छ कर ?

करको दर सार्वजनिक, कति आम्दानी भएकाले कति तिर्नुपर्छ कर ?


  • 122.1K
    Shares

    करको दर सार्वजनिक, कति आम्दानी भएकाले कति तिर्नुपर्छ कर ?
    images

    काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७८/७९ का लागि आयको हिसाबले एकल र दम्पत्तीको हकमा करको अलग अलग दर सार्वजनिक गरेको छ । जसअनुसार रोजगारीको आयमात्र हुने एकल व्यक्तिका लागि वार्षिक ४ लाखसम्म करयोग्य आय भएमा करयोग्य आयको एक प्रतिशतका दरले कर तिर्नुपर्नेछ । यस्तै दम्पतीको हकमा वार्षिक ४ लाख ५० हजारसम्म करयोग्य आय भएमा एक प्रतिशतका दरले कर तिर्नुपर्नेछ ।

    ४ लाखदेखि ५ लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम ४ हजारका अतिरिक्त ४ लाखदेखि ५ लाखसम्मको रकममा १० प्रतिशतका दरले कर लाग्ने विभागले जनाएको छ । यस्तै दम्पतीको हकमा ४ लाख ५० हजारभन्दा माथि ५ लाख ५० हजारसम्म करयोग्य आय भएमा न्यूनतम ४ हजार ५०० का अतिरिक्त ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्मको रकममा १० प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।

    ५ लाखभन्दा माथि ७ लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम १४ हजारका अतिरिक्त ५ लाखदेखि ७ लाखसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ । यस्तै दम्पतीको हकमा ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्म करयोग्य आय भएमा न्यूनतम १४ हजार पाँचसयका अतिरिक्त ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।

    यस्तै, ७ लाखदेखि २० लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम ५४ हजारका अतिरिक्त ७ लाखदेखि २० लाखसम्मको रकममा ३० प्रतिशतका दरले कर तिर्नुपर्नेछ भने दम्पतीको हकमा ७ लाख ५० हजारभन्दा माथि २० लाखसम्म करयोग्य आय भएमा न्यूनतम ५४ हजार ५०० का अतिरिक्त ७ लाख ५० हजारदेखि २० लाखसम्मको रकममा ३० प्रतिशतका दरले कर तिर्नुपर्ने विभागले जनाएको छ ।

    २० लाखभन्दा बढी करयोग्य आय भएमा एकल व्यक्तिको हकमा वार्षिक ४ लाख ४४ हजारका अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्नेछ । यस्तै दम्पतीको हकमा भने २० लाखभन्दा बढी करयोग्य आय भएमा न्यूनतम ४ लाख २९ हजार ५०० का अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।

    raj1_EdQESVDqx7.jpg

    प्रकाशित मिति :आषाढ ७ २०७८ सोमवार - २१:१६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij