Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

चालू आर्थिक वर्षको १० महिनामा सरकारी खर्च ८.५%ले बढ्यो

चालू आर्थिक वर्षको १० महिनामा सरकारी खर्च ८.५%ले बढ्यो


  • 8.5K
    Shares

    चालू आर्थिक वर्षको १० महिनामा सरकारी खर्च ८.५%ले बढ्यो
    images

    काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारी खर्च ८.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयले दावी गरेको छ । बैशाख महिनासम्मको सरकारी आय व्यय सहितको अर्थ वुलेटिन प्रकाशित गर्दै अर्थमन्त्रालले सो कुरा जानकारी दिइएको हो ।

    बैशाख महिनासम्म संघीय सरकारले जम्मा ८ खर्ब २४ अर्ब रुपैयाँ खर्च गरको छ । जसमध्ये चालुतर्फ ६ खर्ब ३० अर्ब अर्थात ७६.४ प्रतिशत, पूँजीगत खर्च १ खर्ब २५ अर्ब अर्थात १५.३ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ६८ अर्ब ७२ करोड रुपैयाँ अर्थात ८.३ प्रतिशत खर्च भएको छ ।

    गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष चालु खर्च १०.२ प्रतिशत, पूँजीगत खर्च १०.३ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ७.४ प्रतिशत बढी खर्च भएको अर्थमन्त्रालयले जनाएको छ ।

    त्यस्तै राजस्व परिचालन तर्फ बैशाख महिनासम्म कुल ७ खर्ब ६१ अर्ब राजस्व संकलन भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २५.४ प्रतिशत बढी हो । कुल राजस्व मध्ये कर राजस्व ७ खर्ब ९ अर्ब र गैह्रकर राजस्व ५१ अर्ब ३८ करोड रुपैयाँ संकलन भएको छ ।

     

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १५:३९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij