Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण : डा भट्टराई

राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण : डा भट्टराई


  • 204
    Shares

    राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण : डा भट्टराई
    images

    काठमाडौं ।  पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् । 

    सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'अदालत, प्रहरी, सेनालगायत राज्यका संवेदनशील अंग र न्याय तथा सुशासनका प्रमुख साधनहरू नै आचरण र नैतिकता सम्बन्धी विषयमा विवादमा तानिनु विडम्बनापूर्ण छ।'

    उनी थप लेख्छन्– 'उन्नत लोकतन्त्रमा कोही पनि जन्म, पद, पहुँच, धन, शक्तिका आधारमा कानुन र सामाजिक मर्यादा भन्दा माथि हुन सक्दैन। त्यसमाथि अहिले सुशासन र समृद्धि देशको प्रमुख एजेण्डा बनेको सन्दर्भमा राज्यका विभिन्न अंगमा पलाएका विकृतिविसंगति नष्ट नगरी, फोहरमैला सफा नगरी, 'उपियाँ-उडुस'बाट मुक्त नभई सुशासन स्थापित गर्न सकिन्न। सुशासनको प्रत्याभूति नगरी समृद्धिको मार्गमा अघि बढ्न सकिन्न।'

    सबै चरामाथि एकैसाथ निसाना साध्दा कुनै पनि चरा नमर्ने खतरा हुने भन्दै उनले लोकतन्त्रमा विधिको पालना सत्ताको नेतृत्वमा रहनेहरूले पनि गर्नुपर्नेमा जोड दिएका छन् । 

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - १०:४८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij