Logo

२०८३ कार्तिक ११ गते बुधवार

२०८३ कार्तिक ११ गते बुधवार

नोभेम्बर १ देखि दराजको ११.११ सेल सुरु हुँदै: ८० प्रतिशतसम्म छुटदेखि थाइल्यान्ड भ्रमणको अवसर

नोभेम्बर १ देखि दराजको ११.११ सेल सुरु हुँदै: ८० प्रतिशतसम्म छुटदेखि थाइल्यान्ड भ्रमणको अवसर


  • 386
    Shares

    नोभेम्बर १ देखि दराजको ११.११ सेल सुरु हुँदै: ८० प्रतिशतसम्म छुटदेखि थाइल्यान्ड भ्रमणको अवसर
    images

    काठमाडौं ।  नेपालमा तिहार र छठ पर्वको तयारी सुरु भएसँगै दराज नेपालले ‘द बिग बोस इज ब्याक’ भन्ने नाराका साथ ‘दराज ११.११ वर्षकै सबैभन्दा ठूलो सेल’ ल्याउने भएको छ । 

    नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर ११ (कात्तिक १५ देखि २५, २०८३) सम्म सञ्चालन हुने यस अभियानले देशभरका उपभोक्तालाई उत्सवमय अनलाइन किनमेलको अनुभव प्रदान गर्नेछ । 

    अभियानअन्तर्गत ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर, विभिन्न सामग्रीमा निःशुल्क डेलिभरी र थाइल्यान्ड भ्रमण जित्ने अवसर समावेश गरिएको छ ।

    तिहार र छठ जस्ता पर्वको तयारीमा उपभोक्तालाई सहजता प्रदान गर्दै खर्चको अधिकतम सदुपयोग गर्न सघाउने उद्देश्यले अग्रणी ब्रान्ड र आकर्षक छुटलाई एकै ठाउँमा ल्याइएको दराजले जनाएको छ । अभियानभर विभिन्न सामग्री र साझेदार ब्रान्डका सीमित समयका विशेष अफर दैनिक फ्ल्यास सेलमार्फत उपलब्ध हुनेछन् । 

    दराजका प्लाटिनम साझेदारहरू रोह्टो, होनासा, मसलब्लेज, एन्कर, अल्टिमा लाइफस्टाइल, पिलग्रिम, पीसेफ र लभफेस ब्युटी तथा गोल्ड साझेदारहरू ब्रान्डहाउस, प्याम्पर्स, वेदान्त र युनिलिभरले ७० प्रतिशतसम्म छुट प्रदान गर्नेछन् । त्यस्तै, सिल्भर साझेदारहरू फ्यान्टेक, एम्परस्यान्ड, ब्रान्डहाउस फेसन, अस्टावुल्फ, माटो नेपाल, जेबीएल र गोल्डस्टारले ८० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछन् ।

    अभियानको सुरुवात नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर २ बिहान २ बजेसम्म चल्ने क्रस क्याटेगोरी ब्रान्ड रश आवरबाट हुनेछ । नोभेम्बर २ बिहान ११ बजेदेखि क्रेजी प्राइस ड्रप सुरु हुनेछ भने नोभेम्बर ३ देखि ८ सम्म हरेक दिन राति ८ बजेदेखि मध्यरातसम्म फरक–फरक विषयमा आधारित ब्रान्ड रश आवर सञ्चालन हुनेछन् । 

    यसअन्तर्गत नोभेम्बर ३ मा इलेक्ट्रोनिक्स ट्युजडे, नोभेम्बर ४ मा लाइफस्टाइल वेन्सडे, नोभेम्बर ५ मा एफएमसीजी थर्सडे, नोभेम्बर ६ मा दराज च्वाइस फ्राइडे, नोभेम्बर ७ मा फेसन स्याटरडे र नोभेम्बर ८ मा न्यू अराइभल्स सन्डे सञ्चालन हुनेछन् । 

    विक्रेतामार्फत उपभोक्ताले ३ हजार रुपैयाँसम्मका तिहार भाउचर प्राप्त गर्न सक्नेछन् भने दराज च्वाइसमार्फत तीनवटा सामान किन्दा निःशुल्क डेलिभरी र चारवटा किन्दा एउटा निःशुल्क पाइने सुविधा दिइएको छ ।

    बचतलाई थप बढाउन दराजले आठवटा बैंकहरूसँग साझेदारी गरी अग्रिम भुक्तानीमा अतिरिक्त छुटको व्यवस्था गरेको छ । हिमालयन बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंकका योग्य क्रेडिट कार्डबाट भुक्तानी गर्दा अधिकतम २ हजार रुपैयाँसम्मको २० प्रतिशत र डेबिट कार्डबाट भुक्तानी गर्दा अधिकतम १ हजार ५ सय रुपैयाँसम्मको १५ प्रतिशत छुट उपलब्ध हुनेछ । 

    साथै, इसेवा र खल्ती बाई आईएमईमार्फत भुक्तानी गर्ने उपभोक्ताले विशेष रश आवर अफरअन्तर्गत १ हजार रुपैयाँसम्म छुट पाउनेछन् ।

    आकर्षक छुटका अतिरिक्त न्यूनतम १ हजार १ सय ११ रुपैयाँको अर्डर गर्ने ११ जना भाग्यशाली ग्राहकले ५० हजार रुपैयाँभन्दा बढी मूल्यको फिलिप्स सामग्रीको बन्डल तथा दैनिक उपहार योजनामा सहभागी हुने अवसर पाउनेछन् । दराज नेपालको इन्स्टाग्राममा मिस्ट्री डिलका मूल्य सही अनुमान गर्ने उपभोक्ताले विशेष उपहार ह्याम्पर जित्न सक्नेछन् ।

    यसबाहेक, अनर नेपालबाट आठ जना र ग्लेन नेपालबाट एक जना खरिदकर्ताले थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन् । मामाअर्थबाट सात जनाले हेयर आइरन, सफारी नेपालबाट दुई जनाले रिसोर्टमा विशेष बसाइ, बिग डिजिटलबाट एक जनाले वासिङ मेसिन तथा एयर फ्रायर र ब्रो स्टोर (बाल्ट्रा) बाट एक जनाले ५० इन्चको ४के स्मार्ट टेलिभिजन प्राप्त गर्नेछन् । 

    दराज नेपालको आधिकारिक वेबसाइट, फेसबुक पेज वा दराज एपमार्फत यस सम्बन्धी थप जानकारी लिन सकिने जनाइएको छ ।

    प्रकाशित मिति :कार्तिक ११ २०८३ बुधवार - १६:१५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij