Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

नेकपाले बनायो एकता वार्ता समिति

नेकपाले बनायो एकता वार्ता समिति


  • 785
    Shares

    नेकपाले बनायो एकता वार्ता समिति
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न कम्युनिस्ट पार्टीहरूसँग एकता र सहकार्यका विषयमा वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

    मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले नेता देव गुरुङको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो।

    समितिको सदस्यमा पार्टी प्रवक्ता प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेका छन्।

    वार्ता समितिले विभिन्न कम्युनिस्ट पार्टी तथा समूहसँग छलफल गरी सम्भावित एकता, सहकार्य र समायोजनका विषयमा संवाद अघि बढाउने बताइएको छ।

    बैठकले पार्टी संगठन विस्तार तथा आगामी राजनीतिक कार्यदिशासँग सम्बन्धित विषयमा समेत छलफल गरेको थियो।
    विधेयकले महिलालाई करकाप, धम्की, प्रलोभन वा अन्य माध्यमबाट जबरजस्ती गर्भपतन गराउन नपाउने व्यवस्था पनि प्रस्ताव गरेको छ।

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १५:१४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij